छुटे १२२ जना चिनियाँ नागरिक, तिरे एक हजार रुपैयाँजरिवाना

168

पुस २०,
काठमाडौं । नेपाल प्रहरीले चीनसँग समन्वय गरेर ७ पुसमा काठमाडौंमा संयुक्त अपरेशन चलायो र एकैदिन १२२ चिनियाँ नागरिक पक्राउ गरियो । नेपाल र चीनको संयुक्त अपरेशन भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले ७ पुसमा १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको प्रहरीको दाबी थियो । यसरी पक्राउ परेका चिनियाँ नागरिक मात्र एक हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार जरिवाना तिराएर छाड्न आदेश दिएको हो । चिनियाँ नागरिकको कुनै कसूर नभेटेको भन्दै अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको रायअनुसार चिनियाँ नागरिकले कसूर स्वीकारेकाले एक हजार रुपैयाँ जरिवाना गराउने आदेश दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।