कर छलिको आरोप लागेका चौधरी घरानादेखि भाटभटेनीसम्मको सुनुवाई आज

80

पुस २०,
काठमाडौं । नक्कली भ्याटबिल बनाई अर्बौं राजस्व छलेको अभियोग लागेका आधादर्जन कम्पनीहरुका मुद्दामाथि सर्वोच्च अदालतले आज एकसाथ सुनुवाई गर्दैछ। सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार पहिलो चरणमा ५ वटा कम्पनीको नक्कली भ्याट र आयकर छलीको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशले हेर्दाहेर्दैको मुद्दामा आज सुनुवाई गर्न लागेका हुन्। नक्कली भ्याटबिल प्रकरणमा भाटभटेनी डिपार्टमेन्टल स्टोर, ए आइ टी इन्टरनेशनल, बीएस बानियाँ स्टोर्स एण्ड फर्म, शंकर अक्सिजन ग्यास र अरुण इन्टर कन्टिनेन्टलले मुद्दा खेपिरहेका छन्। आयकर र मूल्य अभिवृद्धि करको विवादमा मुछिएका यी कम्पनीको मुद्दालाई यसअघिका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायधीस ओमप्रकाश मिश्रले हतारमा टुङ्याउन खोजेपछि न्यायालयको व्यापक विरोध र आलोचना भएको थियो। आरोपितहरुलाई चोख्याउन व्यापक आर्थिक चलखेल र अपारदर्शी कामकारबाही भएको सार्वजनिक जानकारीमा आएपछि त्यतिबेला सर्वोच्चले मुद्दा स्थगित गरेको थियो।