दोहोरो नागरिकता लिने महिला पक्राउ

215

पुस २०,
ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले झुट्टा विवरण दिई दोहोरो नागरिकता लिने एकजनालाई पक्राउ गरेको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका-१ निगुरादिनकी अनिता तामाङलाई पक्राउ गरिएको हो। तामाङले झुट्टा विवरण दिई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङवाट दोहोरो नागरिकता लिएको भन्दै गत मसिंर ४ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जाहेरी दर्ता भएको थियो। झुट्टा विवरण दिई दोहोरो नागरिकता लिएको सम्बन्धी कसुरमा मुद्दा दर्ता भई खोजतलास गर्ने क्रममा बिर्तामोड नगरपालिका-५ महानन्द चौकबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ताप्लेजुङ र ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले गत शुक्रबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णू बहादुर खड्काले जानकारी दिए। उनले पहिले विवाहित भनेर श्रीमानको नामबाट र पछि अविवाहित भन्दै दोहोरो नागरिकता लिएको प्रहरी निरिक्षक खड्काले बताए। तामाङविरुद्ध आइतबार जिल्ला अदालत ताप्लेजुङवाट म्याद थप गरि अनुसन्धान भइरहेको बताइएको छ।