प्रधानमन्त्रीमाथी उपेन्द्रको यस्तो आरोप……

84

पुस ९,
काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुका कुरै नसुनेको गुनासो गरेका छन्। सरकारको निर्णय फिर्ता लिइएकोबारे सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सम्झौतामा हस्ताक्षर गरेर पनि प्रधानमन्त्रीले संविधान संशोधनका लागि चासो नदेखाएको बताएका हुन्। ‘प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधनका लागि सहमत भएपछि हामी सरकारमा गएका थियौँ’, उनले भने, ‘तर प्रधानमन्त्रीले उखान टुक्का जोड्दै संविधान संशोधन गर्नुनपर्ने कारणको औचित्य पुष्ट गर्न खोज्नुभयो।’ अध्यक्ष यादवले प्रधानमन्त्रीबाट सहकार्यका मूल्य र मान्यतालाई लत्याएको आरोप पनि लगाए। ‘संविधानका कुन कुन बुँदामा संशोधन गर्ने भनेर विज्ञहरुको समूह बनाएर अघि बढ्ने कुरा भएको थियो’, उनले भने, ‘विज्ञहरुको समिति बनाउने कुरा पनि प्रधानमन्त्रीले मानेनन्। मैले संविधान संशोधनका लागि बुँदा तयार गर्न विज्ञहरुको समिति बनाऊँ भन्दा पनि प्रमले अस्वीकार गर्नुभयो।’