Sunday, September 27, 2026
Home समाचार प्रधानमन्त्री ओली ले विश्वासको मत लिनुपर्ने

प्रधानमन्त्री ओली ले विश्वासको मत लिनुपर्ने

263

पुस ८, काठमाडौं । वर्तमान सरकारमा रहेको समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्तालिँदै सरकारबाट बाहिरियो। समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने भएको छ। समाजवादी पार्टीले सरकार छोडेको एक महिनाभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेछ। अहिले सरकारमा नेकपाको बहुमत छ। नेपालको संविधान धारा १०० अनुसार सरकारमा रहेको दल बाहिरिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ। ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नु पर्नेछ’ धारा १०० को (२) मा भनिएको छ।