Sunday, September 27, 2026
Home मनोरन्जन नायिकाले विवाहको एक वर्षपछि श्रीमान त्यागीन्, कारण यस्तो

नायिकाले विवाहको एक वर्षपछि श्रीमान त्यागीन्, कारण यस्तो

303

मंसिर २४,
एजेन्सी । बलिउड नायिका श्वेता बसु प्रसादले एक वर्षअघि १३ डिसेम्बरमा गोप्य विवाह गरेर सबैलाई अचम्ममा पारेकी थिइन् । तर अब विवाहको एक वर्ष पनि पूरा हुन नपाउँदै उनको आधिकारिक घोषणाले मानिसहरुलाई थप अचम्ममा पारेको छ । मकडी नामको फिल्मकी नायिका श्वेता बसु प्रसादले इन्स्टाग्राममा एउटा पोष्ट सेयर गर्दै श्रीमान् रोहित मित्तलसँग अलग्गिने घोषणा गरेकी छिन् ।

उनले इन्स्टाग्राममा सेयर गर्दै लेखिन्, ‘रोहित मित्तल र मैले आफ्नो आपसी समझदारमा आफ्नो विवाहलाई समाप्त गर्ने निर्णय लिएका छौं । थुप्रै महिनापछि हामी एक अर्काको राम्रोको लागि यो नतिजामा पुगेका छौं ।’ ‘गाता हेरेर राम्रो लागेर किनेका सबै किताब पूरा पढ्नै पर्छ भन्ने हुँदैन, केही किताब यस्ता पनि हुन्छन् जसलाई अधुरो छोड्दा नै राम्रो हुन्छ । धन्यवाद रोहित यति धेरै अविष्मरणीय पलका लागि र मलाई सधैं प्रेरित गरेकोमा । तपाईंको अबका दिन राम्रो होस्, तपाईंकी सधैंकी चियरलिडर ।’

गत वर्ष १३ डिसेम्बरमा उनले गुणेको ग्रान्ड हयातमा फिल्म निर्माता रोहित मित्तलसँग विवाह गरेकी थिइन् । श्वेता र रोहितको विवाह बंगाली रीति–रिवाज अनुरुप भएको हो । विवाहपछि बंगाली पहिरनमा दुबैको तस्बिर पनि सार्वजनिक भएको थियो । केही महिना अघि इटलीमा श्वेता र रोहितको रोमान्टिक भेकेसनको तस्बिर पनि भाइरल भएको थियो ।