भलिवल संघ भक्तपुरको अध्यक्षमा पूनः रायको नेतृत्व

242

भक्तपुर । जिल्ला भलिवल संघ भक्तपुरको पाचौं साधारण सभा सम्पन्न भएको छ । शनिबारको संघको साधरण सभाको उद्घाटन संघीय सांसद एवंम नेमकिपाका केन्द्रिय सचिव प्रेम सुवालले गर्नु भएको थियो । कार्यक्रममा सांंसद सुवाल, कुमार राज सुवेदी, भक्तपुर जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दिपक थापा, रविन्द्र खर्बुजालगायतले भलिबल खेलको माध्यमबाट भक्तपुरको खेलक्षेत्रको विकाश गर्न सबै जना लाग्नु पर्ने बताउनु भयो । सो साधारण सभाबाट विनोद चरण रायको अध्यक्षतामा १३ सदस्य रहेको जिल्ला भलिबल संघ भक्तपुरको गठन गरिएको जिल्ला खेलकुद विकाश समिति भक्तपुरका अध्यक्ष दिपक थापाले जानकारी दिनु भयो । राय यो भन्दा अघिल्लो पटक पनि संघको अध्यक्ष हुन हुन्थ्यो ।