Wednesday, September 23, 2026
Home विचार नेकपा भित्र अन्तरघातको ‘आगो लगाउन खोज्ने’ मण्डले, कुण्डले र बण्डलेलाई खुत्रा पत्र

नेकपा भित्र अन्तरघातको ‘आगो लगाउन खोज्ने’ मण्डले, कुण्डले र बण्डलेलाई खुत्रा पत्र

2143

सबैमा हार्दिक अभिवादन, नमस्कार
२०७४ सालबाट नेपाल कम्युनिष्ट पार्टीको एकता गरिने महान अभियान सुरु भयो । अनेक नाम र विभिन्न मुद्धा उठाउदैं दर्जनौ टुक्रामा सिमित नेपालका कम्युनिष्ट पार्टीलाई एक बनाउने महान अभियानमा लाग्नु हुने आदरणीय केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रति हार्दिक नमन छ ।
उहाँहरुको अभियानलाई साथ दिदैं झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेब गौतम, नारायण काजी श्रेष्ठ, जर्नादन शर्मालगायतका महान हस्तीहरुले अनेक बाधालाई हटाउदैं यो महान कार्यलाई पुरा गर्नु भो । तर त्यो दिन देखि नेपालका मण्डले, कुण्डले र बण्डलेहरुको निद हराम भो । विश्वका कम्युनिष्ट विरोधी राष्ट्रहरु अमेरिका, भारत, युरोपियन देशमा तंगर पैदा भयो । त्यसको प्रतिफल २०७४ मा सम्पन्न निर्वाचनमा देखियो । वर्षका दुई पटकसम्म सरकार गिराउने र उठाउने ठेक्का लिएकाहरुको व्यापार बन्द भो । पाँच वर्षसम्म रातो झण्डाले देश कब्जा गर्यो । भने मधेसवादीदललाई समेत साथमा लिएर दुई तिहाईका सरकार बन्यो त्यो दिन धेरै कम्युनिष्ट विरोधीहरुको रोइलो सुरु भो ।
सोभियतसंगको महान एकतालाई जसरी ढाउने खेल गरियो त्यो कार्य उसैदिन देखि नेपालका कम्युनिष्ट फुटाउने आफु राज गर्ने अभियान जारी छ । भने पछिल्लो पटक यहिँ मंसिर १४ गते भएको उपनिर्वाचनमा पूर्व एमालेले पूर्व माओवादीलाई पूर्व माओवादीले पूर्व एमालेलाई भोट दिएन् भन्दै अन्तरघातका शब्द सामाजिक संजाल, अनलाईन, पत्रपत्रिका, पसल चोक–चोकमा प्रयोग हुन थाल्यो । त्यस कुरालाई हो मा हो मिलाउदैं नेकपाकै केही टिके युवा नेता र मै हु भन्ने विद्धान भन्नेहरु चिच्याउन थाले विचराहरुलाई थाहा भएन् आफ्ना घरमा आगो लगाएर पराईहरु यो जाडोमा ताप लिएर मच्चा लिईरहेका छन् । ती युवा र विद्धान जो हुन् आफ्नो धरातल नर्विस ? मेरो प्रश्न कम्युनिष्ट पार्टी त्यो तिम्रो पद तिम्रो बिर्ता होइन तिमी व्यक्ति हौ संस्था हुन नजोख नत्र तिम्रो हालत पनि घर न घाटको हुनेछ हेक्का राख ।
भक्तपुर र धरानको उपनिर्वाचनमा के भयो पार्टीले समिक्षा गर्ने छ । तिमी पार्टीको बैठकमा बसेर समिक्षा गर । तर बहकाउमा आएर बौलाउने नगर । सरकार र पार्टी संचानलमा भएका कमि कमजोरीले गर्दा जनता र शुभचिन्तकमा निराशा पैदा भएको छ । आसेपासे, हुक्ने, भान्छे, चम्चाका कारणले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा भाजोँ नहाल । अर्को तर्फ यो अभियानमा छुटन भएका किरण र विप्लव कमरेड मात्र होइन चित्रबहादुर, नारायणमान बिजुक्छे, सी पी मैनालीलाई पनि मिलाउदैं सुखि नेपाली र सम्वृद्ध नेपाल अभियानमा साथ देउ, नेताहरुलाई जोड् देउ । नत्र तिम्रो भविष्य पनि अन्धकार छ ।

उहिँ तिम्रो शुभचिन्तक
विश्वास नेपाली, काठमाडौं नेपाल
मिति २०७६, मंसिर १६,

bishwasnepali07@gmail.co