मानिसको आयू –कोरोना आयू

430

-रमेश प्रजापति
आज पुरा विश्व कोरोना (कोभिड १९) ले ग्रस्त छ । यसले घमण्डी ट्रम्प, शालिन शि जिन पिङ, सन्काह किम जङ उन, बौद्धिक मुन जे इन, दुरदर्शी मर्केल, कूशल इमरान खान, साम्प्रादायीक मोदी देखि लिएर हामै्र देशका हरेक कुरामा टुक्का हाली हाली हसाउने प्रधानमन्त्री केपी ओली देखि अर्बौ भुगोलका जनताहरुको निन्द्रा हराम बनाई रहेको छ । आज धेरै मानिसहरुमा यस बारे जिज्ञासा, भय, डर र त्रास व्याप्त छ । नेपालीको एउटा उखान छ नि सामान्य झिल्कोले पुरा वनलाई सखाप पार्न सक्छ भने जस्तै डढेलो भन्दा पनि दु्रतगतिमा फैलिरहेको भाईरसको रोकथाम, पछि पुनः सक्रमण हुनुको कारण र यसको निर्मूलिकरणका अनेक उपाय र विधिहरु ध्ज्इ देखि देशका विश्वविद्यालय र अस्पतालहरु, प्रोफेसर, डाक्टर, साईन्टिसहरु लागिपरेका छन् । तैपनि यो भाइरसको निदान र रोकथाम अनि निर्मुलीकरणको उपाय नभैरहेको अवस्थामा मानिसको आयू कोरोनाको आयू बारे केहि कुराहरु लेख्ने जमर्को गरेको छु ।

मानिसको आयू
मानव शरिर पंच तत्व पृथ्वी, अग्नी, वायू, जल र आकाश (Five ELEMENTS Space, quark (Air) Energy (gas), Force (water) and matter (soil) बाट बनेका हुन्छन् । यो कुरा सर्बविदितै कुरा हुन । तर हाम्रो आयू कति लामो हुन्छ त भन्दा ज्गmबल क्ष्लमभह हेर्नु भयो भने जापानिजहरु सबै भन्दा बढी बाचे भनेर उल्लेख गरेका पाउँछौं त्यसै देश अनुसार सरदर कहि ८० कति ६७ कहि कति उल्लेख गरेका हामी हेर्न सक्छौं । तर साचै मानिसहरु त्यति बाच्छन र ? अहं म के भन्छु भन्दा हामी मानिसहरुको आयू असाध्यै छोटो केवल निमेष मात्र हो ।

पल भन्दा पनि छोटो पल हुन्छन् जब यो हामीमा भएको सास भित्रबाट बाहिर फाल्छौ त्यो क्षण मात्र हाम्रो आयू हो जब बाहिरिएको सास भित्र फर्किदैन नी हो त्यहि हाम्रो अन्त हो । ल विचार गर्नुस हाम्रो सास भित्रबाट बाहिर जान कति वर्ष लाग्छ ? अह वर्षको कुरा हैन एकै मिनेट पनि होइन यो त आखाँ झिमिक गरेको भन्दा पनि अझ छिटो समय हो त्यस कारण आयुको असाध्यै छोटो आयूको जिन्दगीमा यो अभिमान यो अभिलाषा यो लोभ यो पाप किन ? मानिस प्राकृतिक प्रद्धत अनुपम उपहार हो तर यहाँ हेर्नुस कहिल्यै नमरे पनि हुन्छ कि भन्ने अभिलाषा पालि रहेको छन् । आफू जिउनको लागि अरु प्राणी र प्रकृति मास्ने मात्र नभई अर्काको अंग नै दान लिएर जिउछन । प्रकृतिले जति दियो त्यसलाई सहर्ष स्विकार्ने, त्यसैमा आत्मसन्तुष्टि मान्ने आफूलाई दिने प्रकृतिकै सेवा सुसारमा नलागिकन जिवनलाई अजर अमर बनाउने अप्राकृतिक सोच मानिसहरुमा किन आउँछ ? अझ अर्का थरी मानिसहरु जात धर्म सिमानाको नाममा हत्याहिंसा विध्वस मचाउन लालायीत हुन्छन् ।

आफनै जात, वर्ण, आफनै धर्म श्रेष्ठ आफनै देश सर्वोच्च यो कुत्सीत भावना मानवमा किन आउँछ ? त्यस्तै बम बारुद्ध मिसाइल र क्षेप्यास्त्रको विकास अनि कालो व्यापार यो सबै अप्राकृतिक सोचहरु कसरी विकास भै रहेको छ भन्दा विद्यमान विश्व राजनितिक शिक्षा र स्कुलिङकै प्रभाव हो त्यसैले प्रलय र विपत्तिहरुले सदासर्वदा नास र विनासका ताण्डव नाच मात्र नाच्दैन यस्ले घमण्डले फुलेका, लोभमा डुबेका, अप्राकृतिक अभिलाषा बोक्ने मानिसहरुलाई उसको जिवनमा उस्ले पढेका, भोगेका धेरै शिक्षा भन्दा पनि छोटो समयको एउटा झटकाले ठूलो पाठ पढाईरहेको हुन्छ । जसले, जुन राष्ट्रले राम्रो ग्रहण गर्छन फर्केर उसले प्रकृति दोहन गर्ने दुसाहस गर्दैन । जसले, जुन राष्ट्रले यि कुराहरुको यस्तै त हो नी भनेर राम भरोसा मा आखाँ चिम्लेर बस्छन । तिनिहरुले अविष्यमा पनि कष्ट झेल्छन तसर्थ हामीले हाम्रो नेपालीहरुको सरदर आयू भने भित्रबाट बाहिर गएर फेरि भित्र नफर्कुन्जेल निमेषको जिन्दगीमा आफनो क्षमता, शक्तिले भ्याए सम्म प्रकृतिको सेवामा बिताउ भने सम्पूर्णमा हार्दिक विन्ति बिसाउँछु ।

कोरोनाको आयू
म खासमा मेडिकल, रिसर्चर, साईन्टिस्त त होइन तपाईहरु जस्तै साधारण मानिस हुँ । मेरो सानो दिमागले पढेबुझे सम्म यो कोरोना भन्ने जिव जिवन्त जिव होइन । यो एक परिजिवी हो । यो आफने बलुबुत्तामा बाच्न सक्ने कुनै जिव होइन । यो परिजिव चमेरोको ¥याल वा सालकको खपट्टाबनट मानिसमा सरेको विश्वास गरिदैं आएको छ । जब यो कुनै जिवितप्राणिमा रहने थलचरहरुको जिव कोसिकाहरु सँग यसको भेट हुन्छन अनि यो परिजिवी जिवित हुन थाल्छ । तामा ४ र त्यसपछि फलाममा ७६ घण्टा स्टीलमा ७२ घण्टा, प्लास्टिकमा ७२ घण्टा, कपडा ९ देखि १०, जमिनमा ७२, हातमा १० मिनेट ।

विभिन्न माध्यमले यो हाम्रो घाँटी माध्यमद्धारा आहारा नल्लिमा जान्छन जब यो हाम्रो आहारा नल्लिमा रहन्छन कुनै तोतोपानी वा झोलसँग यो हाम्रो आमाशयमा जान्छन् त्यति यसको आयू समाप्त हुन्छ । यो क्रिया हाम्रो मुख्य आहारा नल्लिमा पसेको २–३ घण्टा देखि ४८–५० घण्टा सम्मको फरकमा हुन्छन । कथंकथाचित यो जिव विभिन्न माध्यमबाट हाम्रो आहारा नल्लिबाट सास नल्लिमा पुग्छन यो जिवले असली काम शुरु हुन्छन यसले हाम्रो सास मार्फत फोक्सो मा प्रवेश गरि हाम्रो मुल सिस्टममा अवरोध पु¥याउन थाल्छन् । त्यहि भएर कोरोना प्रभावित विरामीहरुमा अचानक ज्वरो बढने, वान्ता हुने, पखाला लाग्ने, स्वाद बिर्सिने इत्यादी हुन्छन् । उल्लिखित कुराले हामीलाई के कुराको बुझ्न सघाउँछन भन्दा एक यो कुनै जिवित प्राणी होइन, दुई यो लामो समय बाच्न सक्दैन । तिन हाम्रो शरीरमा पसेर पनि यसले हामीलाई तुरुन्त हानी गर्दैन तर होस गर्नु पर्ने के हो भन्दा जब यसले हामीलाई आक्रमण गर्न थाल्छन हामीले प्रतिरोेध गर्ने समय र सामाथ्यै सारै थोरै मात्र पाउँछौ अनि यो हाम्रो सास, थुक, सिंगान र हातका कोशिकाहरु मार्फत १ को ४, ४ को १६ हुँदै यो भयावह रुपमा फैलिन्छ । अहिले विश्वमा महाविपत्तीको रुपमा फैलिरहेको मुल्क कारण हामी मानवहरुकै वेवास्ता र यस नयाँ परिजिवि बारे अनविज्ञता ले नै यसले महामारीको रुप लिएको हो ।

सारांस
मानव आयू असाध्यै छोटो निमेष भए पनि कोरोनाको आयू लामो छ । मानिसले यसलाई पालन बाहेक अहिले सम्म फाल्न र निमिटेयात गर्न सकेको छैन । आज विश्वको सम्पूर्ण ध्यान, कुराकानि दिनचर्या यसै भाइरसको वरिपरि केन्द्रित छ । मानव जिवन यसैमा छोटो आयूको जिवनलाई तहसनहस गर्न उद्धत यो भाइरसको उद्गम चिनको वुहान शहर भने पनि कसैले कुनै अरु राष्ट्रको जैविक हतियार भने पनि यो विद्यमान प्रकृति वा सुत्रको अवधारणमा नै निर्माण गरेको हो त्यसैले यो कुनै कतै बाट भन्दा पनि यहि नै विद्यमानव भएको हुनाले यसको निराकरण पनि यहि प्रकृति र सुत्रमा नै हुनुपर्छ र छन पनि । ढिला चाँडो त्यो अवश्य पत्ता लाग्छ र मानव जातिले आफ्नो आयू जति छोटो भए पनि आरामको सास फर्नेछन् ।

यो कुरामा हामीले अहिल्यै नै ढुक्क भए पनि हुन्छ । तर यति कुरामा नै हामी यो छलफल टुग्याउँदा के होला ? किमार्थ हामीले ठूलो भूल गरेको हुन्छौं । जस्तो सुकै राजनितिक परिवर्तन, जस्तोसुकै प्राकृतिक विपत्तिहरु झेले पनि समयमा नै नचेतिकन लोभलालच, दम्भ र घमण्ड, थिचो मिचो, भेदभाव गरेर प्रकृति विरुद्ध अप्राकृतिक क्रियाकलाप गर्दे रहयो आयूमा केहि फरक परे पनि मानव परिजिवि भए पनि तपाई हामी मानवहरु पनि सारा विश्वलाई त्राहिमाम गरी लाखौं मानवको संहारकर्ता कोरोना भाइरस जस्तै हुनेछौं । त्यसैले आजै देखि अहिल्यै देखि केहि राम्रो काम, केहि करुणा सेवाको काम केहि जगहित र परहितको काममा लागौं ।

मध्यपुर थिमि, भक्तपुर