Tuesday, September 22, 2026
Home समाचार भीमफेदीमा भेटियो किशोरीको शव

भीमफेदीमा भेटियो किशोरीको शव

34
सांकेतिक तस्विर

मकवानपुरमा एक जना किशोरीको शव फेला परेको छ। आइतबार बिहान ६ बजे भीमफेदी गाउँपालिका-८ माण्डुस्थित बागमती खोलामा किशोरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक कार्कीले जानकारी दिए। माण्डु हाइड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्याउने ठाउँमा शव फेला परेको हो। मृतक किशोरीको पहिचान खुलेको छैन। अन्दाजी १६/१७ वर्षकी देखिने किशोरीको शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको छ। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।