प्रदेश ३ को राजधानी हेटौंडा, नाम बागमती हुने, मुख्यमन्त्री पौडेलसँग प्रचण्डको गोप्य भेट

172

मंसिर १०,
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका मुख्य सचेतकसँग भेट गरेका छन्। पत्रकार र अन्य नेकपाका सांसद तथा नेतालाई प्रवेश गर्न नदिएको उक्त भेटवार्तामा प्रचण्डले प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राख्दा उपयुक्त हुने बताएका छन्। बैठकमा सहभागी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाका अनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती तोकिनुपर्ने अध्यक्ष प्रचण्डले बताएका जानकारी दिए। बैठकपछि बाहिरिएपछि मन्त्री लामाले भने, ‘प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा भन्‍नुभएको छ।’

‘नाम र राजधानी छिट्टै टुंग्याउनुपर्छ। संघीयतालाई स्थायित्व गराउन पनि यो काम पनि छिट्टै गर्नुपर्छ’, भेटमा सहभागी प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भने, ‘अहिलेको प्रस्तावमध्ये सुरक्षा र पूर्वाधारका हिसावले हेटौंडा उपयुक्त हुन्छ भनेर अध्यक्षज्यूले भन्नु भएको छ।’ ‘संघीयताको पहिचानको कुरा हामीले उठाएको बताए पनि छलफलमा बागमती सबैको साझा र सभ्यता भएकाले यो नाम उपयुक्त हुनसक्छ भन्ने अध्यक्षज्युको कुरा रहेको छ’, नामबारे बोल्दै मन्त्री दुलालले भने।
-थाहा खबर