जुवातास खेलिरहेको ६ जना पक्राउ

93

मुस्ताङ । घरपझोङ गाउँपालिका-४ काठेपुलस्थित स्याङ्जा बिरुवा गाउँपालिका-४ घर भएका कुलमान सिंह थापाको हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा थापासमेत ६ जनालाई साँझ प्रहरीले पक्राउ गरेको छ । सो होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।