यस वर्षको मिष्टर एण्ड मिस मोर्डन प्रतियोगीता सम्पन्न

299

मंसिर ७,
भक्तपुर । यस वर्षको मिष्टर मोर्डन र मिस मोर्डनको उपाधि सर्वोच्च बस्नेत र टिसा श्रेष्ठले जितेका छन् । बेष्ट नेपाल भाषा फिमेल मोडल, विजेता शोभा महर्जनको प्रमुख आतिथ्यमा भक्तपुरको ठिमीमा शुक्रबार आयोजित कार्यक्रममा अन्तिम २० प्रतिष्पर्धीलाई उछिन्दै बस्नेत र श्रेष्ठले उपाधी चुमेका हुन् ।
प्रतियोगितामा मोर्डन कलेजका २ सय जना विद्यार्थी अडिसनमा सहभागी थिए । विभिन्न राउण्डमा भएको प्रतिष्र्धामा मिष्टर मोर्डन ट्यालेन्ट अनिश बुढाथोकी, मिस मोर्डन ट्यालेन्ट सफलता कार्की र मिस्टर मोर्डन पर्सनालिटी जय कोइराला र मिस मोर्डन पर्सनालीटी युनिसा राउत छानिए । विजयीलाई प्रमुख अतिथि शोभा महर्जन, कलेजका संस्थापक अध्यक्ष बाबुकाजी कायस्थ, लुम्बिीनी कपिलबस्तु विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठ, मर्निङ ग्लोरी इन्टरटेन्मेन्टका अध्यक्ष मोहना क्षत्री, कलेजका प्रिन्सिपल अनिल कसपालसहितले सम्मान गरेका थिए । प्रतिष्पर्धामा कोरियोग्राफी किरण श्रेष्ठले गरेका थिए । कार्यक्रममा निर्णायकहरु नृत्य निर्देशक समीर शंखदेव, संगितकार क्षितिज कुलुंग, रेडियो प्रस्तोता किरण सुवाल र निशान्त कटुवाल थिए ।

अन्य विभिन्न विधा अन्तर्गत सर्वोत्कृत गायनमा उपासना कटेल, कवितामा नोजोमी लुइँटेल, नृत्य र पव्लिक च्वाइस फिमेलमा लसता मानन्धर र मेलमा सर्वोच्चले टाइटल हात पारेका छन् । करिव २०० बिद्यार्थीहरूबाट अडिसन लिइ विभिन्न राउन्डहरू पार गरि मंसिर ६ गते भएको अन्तिम बीस प्रतिस्पर्धीमा सुगम दाहाल, समीर कार्की, सुशान्त कार्की, एच एच बराइली, सुमन घतानी, साहिल गिरी, दिवस बस्नेत, सलोनी गुमाञ्जू, नम्रता कार्की, कृषा भट्टराई र सुप्रिया श्रेष्ठ पर्न सफल भएका थिए ।