टोखा नगरपालिकामा धमाधम मापदण्ड बिपरितका घर बन्दै

134

मंसिर ७,
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा मापदण्ड बिपरित घर निर्माण गर्ने क्रम बढेर गएको छ । मापदण्ड बिपरित घर निर्माण भएको प्रमाणित भएपनि कारवाहि अघि नबढाउँदा मापदण्ड बिपरित घर निर्माण गर्ने क्रम बढेको हो । नगरपालिकाले अनियमित घर बनाउँनेलाई आफै कारवाहि गर्नुपर्नेमा स्थानीयले उजुरी गर्दासमेत कारवाहि नभएको स्थानीयको गुनासो छ । टोखा वडा नं. ८ स्थित मिलनटोलका भरत बहादुर अधिकारी मापदण्ड बिपरित घर निर्माण भएको नगरपालिकाकै प्राविधिकले लिखित जानकारी दिदा पनि नगरपालिका लामो समयदेखि मुखदर्शक बन्दै आएको बताउँछन् । मापदण्ड बिपरित घर निर्माण भईरहेको उजुरी नगरपालिकामा परेको दुई महिना भन्दा बढी बितिसक्दा पनि अनियमित घर निर्माण नरोकिदा नगरपालिकाकै कर्मचारीको मिलेमतोमा निर्माण कार्य अघि बढेको आरोप स्थानीयको छ।

स्थानीय अमन प्रसाद श्रेष्ठले टोखा नगरपालिका–८ साविक गंगवु गाविस वडा नं. ३ कित्ता नं. ३९८ र ३९९मा निर्माण गरिराखेको तीन तल्ले घर प्रचलित कानून र मापदण्ड बिपरित भएको भन्दै स्थानीयले नगरपालिकामा उजुरी गरेका थिए । सो उजुरीपछि नगरपालिकाले गत भदौ १३ गते नगरपालिकाको प्राविधिक शाखा (नक्साफाँट) लाई घर निर्माण मापदण्ड बिपरित हो होईन भन्ने विषयमा छानविन गरी विवरण पेश गर्न निर्देशन दिएको थियो । प्रविधिक समितिले गरेको अध्ययनका क्रममा श्रेष्ठले निर्माण गरेको घर मापदण्ड बिपरित भएको सिफारिस समेत ग¥यो ।नगरपालिकाले छानविनका क्रममा श्रेष्ठले निर्माण गरेको घर २०७६ जेठ २३ गते लिएको निर्माण ईजाजत अनुसार, निर्माण कार्य नभएको ठहर गरेको थियो । सोहि सिफारिसका आधारमा नगरपालिकाले गत भदौ २४ गते श्रेष्ठलाई पत्र पठाई निर्माण कार्य रोकी मापदण्ड अनुसार मात्र काम अघि बढाउँन पत्र समेत पठाएको थियो ।

छानविनकै क्रममाश्रेष्ठले निर्माण गरेको घरको उत्तरतर्फ सडक छेउमा पहिलो र दोश्रो तल्लामा नियम विपरित छत निकाली सोहि छतबाट वाल निर्माण छिमेकीहरुलाई समेत असर पर्नेगरी निर्माण कार्य गरेको भन्दै अविलम्ब निर्माण कार्य रोकेर अविलम्ब नक्सापास अनुसार मात्र निर्माण गर्न पत्र पठाएपनि नगरपालिकाकै कर्मचारीको मिलेमतोमा श्रेष्ठले निर्माण कार्य रोक्नु त परै जाओस नगरपालिकाको पत्रलाई वैवास्ता गरी निर्माण कार्य धमाधम अघि बढाएका छन् । स्थानीयका अनुसार, सो मापदण्ड विपरितको घर निर्माणका सम्बन्धमा नगरपालिकाले पिडित पक्ष समेतलाई पटक–पटक बोलाउँदा पनि श्रेष्ठउपस्थित नभई नगरपालिकाको निर्णय अवज्ञा गर्दै आएका छन् । पछिल्लो पटक कात्तिक २५ गते नगरपालिकाको न्यायिक समितिमा छलफलका लागि दुवै पक्षलाई बोलाएपनि श्रेष्ठ उपस्थित भएनन् । अर्को पिडित पक्ष समयमा उपस्थित भएपनि समितिले पिडित पक्षलाई हाजिरीसमेत नगराई आलटाल गर्दै आएका छन् ।
नगरपालिकाका न्यायिक समितिका एक सदस्यको भनाईबाट पनि मापदण्द विपरित घर बनाउँनेलाई कारवाहि हुदैन भन्ने झल्कन्थ्यो । उनले भने, “अटेर गरेर घर बनाउँनेको घर भत्काउन हामीसंग सुरक्षाकर्मी छैनन । घर निर्माण सम्पन्न भएपनि हामी त्यस्ता घरलाई सम्पन्न प्रमाण पत्रदैखि नगरपालिकाबाट प्रवाहहुने सेवा सुविधाबाट बन्चित गर्छौ ।”

नगर प्रमुख प्रकाश अधिकारी पनि मापदण्ड बिपरित घर निर्माण गरेको विषयमा नगरपालिकाको न्यायिक समितिले हेरिरहेको बताउँछन् । कारवाहि प्रकृया के हो त भन्ने विषयमा प्रश्न गर्दा प्रमुख अधिकारीले न्यायिक समितिले त्यसको निर्णय गर्ने जवाफ दिए । नगरक्षेत्रमा मापदण्ड विपरित घर निर्माण भए सो निर्माण कार्य रोक्का राखि पाँच लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था भएपनि नगरपालिकाले हालसम्म कसैलाई त्यस्तो कारवाहि नगर्दा मापदण्ड बिपरित घर बनाउँने क्रम बढेर नगर कुरुप बन्न थालेको स्थानीयको आरोप छ ।

नगरपालिकाका एक प्राविधिकका अनुसार साढे दुई आनामा निर्माण भईरहेको सो घरले न्युनतम मापदण्ड, बाटोको मापदण्ड समेत पुरा गरेकोछैन । त्यसैगरी बाटो पट्टी बरण्डा राख्दा तल नै सेटव्याक बाहेक थप जग्गा छोड्नु पर्ने नीयम भएपपनि सो घरमा थप जग्गा नछाडी बरण्डा निर्माण भएको जनाइएको छ । त्यति मात्र होइन, सेटव्याकमा टप तानेर कोठा समेत निर्माण भएको स्थानीयको भनाई छ ।