आज दिवंगत पितृका नाममा बत्ती बालिँदै

342

मंसिर ८,
काठमाडौं । आज मार्गकृष्ण त्रयोदशी पर्व पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा दिवंगत पितृका नाममा दीप प्रज्वलन हुदैंं आएको छ । बालाचतुर्दशीको अघिल्लो रात अर्थात आइतबार साँझ दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकुल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा बत्ती बगाउँछन् र शिवालय पुगी शतबीज छर्छन् । बोलीचालीको भाषामा ‘सत्बीज छर्ने’ भनिने शतबीज रोपणले पितृहरूको उद्धार हुन्छ विश्वास छ । मंसिरको चिसो काट्न कठिन हुने भएकाले बत्ती बाल्नेसँग गएकाहरूले रातभर भजनकीर्तन गर्छन् । केही वर्षयता भने चलनचल्तीका दोहोरी गाएर रमाइलो गर्ने चलन छ ।