Tuesday, September 22, 2026
Home राजनीति खानीखोला र महाभारत गाउँपालिकामा काङ्ग्रेसको गाउँसमिति गठन

खानीखोला र महाभारत गाउँपालिकामा काङ्ग्रेसको गाउँसमिति गठन

531

मंसिर ७,
काभ्रे । नेपाली काङ्ग्रेसको विधान अनुसार स्थानीय तहको पूनः संरचना अनुसारको गाउँपालिका तथा वडा समिति गठन प्रकृया काभ्रे जिल्ला समितिले मङ्सिर ५ गते खानीखोला गाउँपालिकाबाट सुरु गरेको छ । खानीखोला र महाभारत गाउँपालिको समायोजन सम्पन्न भएको छ भने रोशी गाउँपालिकामा शनिवार बैठक आयोजना गरिएको जनाइएको छ। खानीखोला गाउँपालिका समितिको सभापतिमा खडानन्द आचार्य चयन भएका छन भने उपसभापतिमा तत्कालीन लोकतान्त्रिक फोरमको समायोजन प्रक्रिया अनुसार खानीखोलाका लोकप्रिय नेता दोर्जेमान जिम्बा चयन भएका छन् ।

जिम्बा तत्कालीन फोरमका जिल्ला कोषाध्यक्ष र हाल काङ्ग्रेसका जिल्ला समिति सदस्य समेत हुन। जिम्बा तत्कालीन फोरमका जिल्ला कोषाध्यक्ष र हाल काङ्ग्रेसका जिल्ला समिति सदस्य समेत हुन। बैठकले वडा नम्बर २,४,५,६ र ७ को इकाई सभापतिमा क्रमश सोनाम गोले, लाल काजी ब्लोन , शेर बहादुर आचार्य ,च्यापसन रुम्बा र ओम बहादुर घ्याबा चयन गरेको छ । वडा नम्बर १ र ३ को सभापति चयन गर्ने जिम्मेवारी संबंधित इकाई समिति लाई नै प्रदान गरिएको छ। तेसैगरि महाभारत गाउँसमितिको सभापतिमा अफिल ध्वज वाइबा र उपसभापतिमा टेक बहादुर बल चयन भएका छ्न।बल तत्कालीन लोकतान्त्रिक फोनबाट समायोजित भएका हुन। वडा इकाई समितिको सभापतिमा वडा नम्बर १ मा देवराज योन्जन, २ मा पदम बहादुर मोक्तान , ३मा रकम सिं घलान ,४ मा सोभा सिं वाइबा ,५ मा कमल वाइबा, ६ मा जीवन वाइबा, ७ मा खड्ग बहादुर श्रेष्ठ र वडा नम्बर ८ मा गोपाल थापा चयन चयन भएका छन ।