भक्तपुर नेमकिपामा हलचलः वडाअध्यक्षका उम्मेदवारनै नेकपामा प्रवेश

7065

मंसिर १,
भक्तपुर । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेमकिपाबाट वडा अध्यक्षका उम्मेदवारनै नेकपामा प्रवेश गरेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ८, सुडालमा नेमकिपाबाट वडाअध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलाल सहित १९ जना आइतबार पार्टी प्रवेश गरेका नेकपाका नेता दामोदर दंगालले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् । दुलाल मंसिर १४ गते हुने उपनिर्वाचनमा नेमकिपाको निर्वाचन परिचान समितिमा थिए । नेकपा प्रवेश गरेका सबैलाई भक्तपुर इन्र्चाज दिलिप प्रजापति, सहइन्र्चाज सोमप्रसाद मिश्र, पार्टी जिल्ला अध्यक्ष बचन देउजा, नेकपा पार्टी सचिव तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार डीपी ढकाललगायतले स्वागत गरेका हुन् ।

नेकपा प्रवेश गर्नेको नामावली यसप्रकार छः
१.गणेश प्रसाद दुलाल
२.नारायण घिमिरे
३.रमेश दुलाल
४.लब खड्का
५.विनोद फुयाँल
६.कृष्णप्रसाद दुलाल
७.ज्ञानेन्द्र दुलाल
८.राम गोपाल दुलाल
९.रन्जित रन्जितकार
१०.प्रेम बहादुर रन्जितकार
११.शिवराम दुलाल
१२.विनोद दुलाल
१३.लोकनाथ दुलाल
१४.रन्जन दुलाल
१५.केदार दुलाल
१६लक्ष्मण दुलाल
१७.प्रदिप दुलाल
१८.हरिप्रसाद दुलाल
१९.विष्णुहरि फुयाँल रहेका छन् ।