चार क्षेत्रको मतगणना जारी

40

काठमाडौँ । प्रतिनिधिसभाका १६५ सिटमध्ये १५८ क्षेत्रको नतिजा आइसकेको छ भने चार स्थानको मतगणना जारी छ।

ती चारमध्ये कांग्रेस र एमाले उम्मेदवार दुई/दुई ठाउँमा अगाडि छन्। एमालेका उम्मेदवार धनुषा-४ मा रघुवीर महासेठ र सुनसरी ३ मा भगवती चौधरीले अग्रता लिएका छन्।
सुनसरी-४ मा शनिबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन। संचार मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले नै धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेपछि गणना अघि बढ्न सकेको छैन। त्यहाँ कार्की एमाले उम्मेदवार जगदिश प्रसाद कुसियैतभन्दा ९८ मतले मात्रै अगाडि छन्।

उदयपुर-१ मा परराष्ट्र मन्त्रीसमेत रहेका डा.नारायण खड्काले अग्रता कायम राखेका छन्। खड्काले २१ हजार ८ सय ३३ मत ल्याउँदा एमालेकी मन्जुकुमारी चौधरीले २० हजार १ सय २० मत प्राप्त गरेकी छन् । गणनाको क्रममा मतपत्र बढी फेला परेपछि उत्पन्न विवादका कारण रोकिएको मतगणना त्यहाँ पनि सुरु हुन सकेको छैन।

दोलखा, बाजुरा र स्याङ्जा २ मा अझै मतगणना सुरु भएको छैन ।