पोलमा पोलमा ठेकेदारः चोक-चोकमा खबरदार गरौं

206

कार्तिक ३०,
काठमाडौं । चरिकोटका बासिन्दाले पनि काम नगर्ने ठेकेदारलाई खबरदारी गर्न नयाँ तरिका अपनाएका छन् । सिन्धुपाल्चोक खाडीचौर-चरिकोटमा चल्ने गाडी, पोल र चोकमा ठेकेदार दीपक सापकोटाको फोटो टाँसेर शनिबार स्थानीय बासिन्दाले विरोध गरेका हुन् । लामो समयसम्म सडक निर्माण नगर्ने ठेकेदारको विरूद्धमा सडक बनाउन दबाबमुलक कार्य सुरू भएको छ । यो सडक स्तरोन्नति र कालोपत्रे गर्न दुई प्याकेजमा काम गर्न ठेक्का लागेको थियो।

यस अघि नगरकोट सडक कालोपत्रे नगर्ने ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो बिजुलीका पोलपोलमा र सवारी साधनमा टाँसिएका थिए। अधिकारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्षकमल दाहालका घरबेटी पनि हुन् । पोलमा तस्विर राख्दै चोक चोकमा काम नगर्नेहरुको विरोध गर्न सबैले आग्रह गरेका छन् ।