बुहारीले यस्तो लुक्स देखाएपछि

170

कार्तिक २९,
भारतीय टेलिसिरियलकी सोझी बुहारी पूजा गौर सानो पर्दामा जुन रुपमा देखिन्छिन्, वास्तविक जीवनमा त्यस्तै सोझी भने छैनन्। टेलिभिजनको पर्दामा सोझी, घरेलु युवतीको भूमिकामा देखिने पूजाको असली दैनिकी पहिल्याउन उनको इन्स्टाग्राम अकाउन्ट हेरे मात्र पुग्छ। उनको इन्स्टा अकाउन्ट बोल्ड तस्बिरले भरिएको देख्दा उनी टेलिभिजनको पर्दामा देखिने सोझी बुहारी प्रतिज्ञा नै हुन् त भनेर झट्ट पत्याउन मुस्किल नै पर्छ।

उनी सामाजिक सञ्जाल इन्स्टामा निकै खुलेको देखिन्छ। बिकिनी पोजका तस्बिरले भरिएका छन्, त्यहाँ। उनले हालै रेड बिकिनीका तस्बिर इन्स्टामा राखेकी छन्, जुन तस्बिर हेरेर उनका फ्यान हैरान देखिन्छन्। टेलिसिरियलसँगै रियालिटी सो खतरोँका खिलाडी अनि बिग बोस सिजन ६ सँगै फिल्म ‘केदारनाथ’मा समेत अभिनय गरे पनि उनका फ्यानका लागि उनी सोझी बुहारी प्रतिज्ञा नै हुन्।