‘दालभात तरकारी’को ट्रेलर सार्वजनिक – हेर्नुहोस ट्रेलर

102

चैत २९,
काठमाडौँ चलचित्र ‘दालभात तरकारी’को ट्रेलर सार्बजनिक भएको छ । चलचित्र युनिट यतिबेला प्रचारप्रसार गर्दै मोफसल यात्रामा छ । ‘शत्रु गते’को सफलतापछि बरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले निर्माण गरेको यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका छन् ।
हेर्नुस ट्रेलर

चलचित्रमा हरिवंश आचार्य र निरुता सिंह फिल्ममा पती(पत्नीको भूमिका छन् भने पुष्प खड्का र आँचल शर्मालाई प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको छ । साथै बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसी लगायतका कलाकारहरुको अभिनय यस चलचित्रमा देख्न सकिन्छ । हरिवंश आचार्यले कथा, पटकथा तथा संवाद लेखेको यस चलचित्रमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्माता रहेका छन् भने दिर्घ गुरुङले छायांकन गरेका छन् । चलचित्र बैशाख २० मा रिलिज हुँँदैछ ।