शिल्पा पोखरेललाई अदालतले यस्तो आदेश दियो

192

कार्तिक २९,
काठमाडौं । जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारेखमा घर पठाएको छ । निर्माता छवि ओझासँगको बहुविवाह मुद्दाका कारण लामो समयदेखि तनावमा रहेकी अभिनेत्री पोखरेल आज शुक्रबार जिल्ला अदालत काठमाडौं हाजिर भएकी थिइन् । न्यायाधीश मुकेश उपाध्यायको इजलाशले शिल्पालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो । जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राय पुर्जी जारी गरेको थियो । छवि ओझा भने लामो समदेखि सम्पर्कविहिन छन् ।