भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न

412

कार्तिक २३,
भक्तपुर । रगतको अभाव भई रहेको वर्तमान समयमा फेसबुक मार्फत जोडिएका युवाहरुले भक्तपुरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । फोटो जेनिक वल्र्डको आयोजनामा भक्तपुरको खौमामा भएको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् । रक्तदानमा महिला १२ र पुरूष ५६ जना सहभागी भएका कार्यक्रमका संयोजक राममणी सुबेदीले  बताए ।