Saturday, September 19, 2026
Home विचार नेपाली चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : उपराष्ट्रपति पुन

नेपाली चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : उपराष्ट्रपति पुन

159

कात्तिक १२,
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली तथा नेपाल संवतका अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। दीपावली र नेपाल संवतका अवसरमा दिएको शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरुको महान् चाड शुभ–दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको मौलिक संवत् नेपाल संवतको नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा हुँदैछ ।’ ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ’ उपराष्ट्रपति पुनले भनेका छन्, ‘हाम्रो विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाएको छ ।’ महान् चाड शुभ–दीपावली र नेपालको मौलिक संवत् नेपाल संवत् नव वर्षले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने बताउँदै उनले सन्देशमा यी पावन अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा एकाकार भएर अगाडि बढ्न हामी सबैलाई प्रेरणा दिउन् भन्ने कामना गरेका छन्।