पुरानै ढंगले यो शिक्षा प्रणाली अब चल्दैन

-राजकुमार ढकाल
शिक्षाका सन्दर्भमा धेरै बहस भए । धेरैका बिचार र दृष्टिकोण पढियो, सुनियो । शिक्षा सुधारका विभिन्न आयम र तौलतरिका विभिन्न काल खण्डमा तर्जुमा मात्र भएननर विभिन्न कार्यक्रम र नीति नियम पनि प्रयोग र परिक्षण भए । राज्यले लगानी पनि शिक्षाका निम्ति थुप्रै गरिसक्यो । शैक्षिक ब्यवस्थापन, सुपरिपेक्षण, तालिमका मोडेल प्रक्षेपण पनि गरियो । बिद्यालय सुधारदेखी मुल्यांकन पद्धति, शिक्षण विधि अनि संस्थागत क्षमता अभिबृद्धिलगाएत कार्यक्रम पनि लागू भए । सबै क्षेत्रबाट सक्ने जति कोसिश भएकै छ । तर पनि शिक्षा क्षेत्रमा नतिजा सन्तोषजनक छैन, गुणस्तर भएन भन्ने आवज चारैतिर सुनिन्छ । यिनै यस्ता कुराहरुले शैक्षिक मामलमा बहस र चर्चा भैरहेको देखिन्छ । के यहि पाराले शिक्षामा सोचेको परिवर्तन होला त ?

माथी उल्लेख गरेका कुराहरु सबै राम्रा प्रयास हुन तर ती कुराहरु अहिलेको समयममा पर्याप्त अर्थात उल्लेखनिय भएका छैनन् । अनेकौं कोसिशका बाबजुद हरेक प्रयास निर्थक बनेका छन् । बालुवामा पानी हाल ेसरह बनेका छन् । हुन त जबसम्म समाज र ब्यक्तीले शिक्षाबाट लाभको अनुभूति गर्दैनन् तबसम्म शिक्षामा केही न केही कमजोरी छ भन्न सकिन्छ । राज्यले दिने शिक्षा, समाज र ब्यक्तिको चाहाना भन्दा फरक हुनु हुदैन । शिक्षाको प्रगती र उनयनमा समाजिक लाभको कोणबाट हेर्दा सान्दर्भिक देखिनु पर्छ । समाज एकातिर शिक्षा नीति तथा कार्यक्रम अर्कोतिर हुनु हुन्न् । यसो हुदा जति पटक नीति र नियम बने पनि बेकाम्मे देखिन्छन् । हामी शिक्षाक सुधारबारे चौतर्फी बहस गर्छौ तर, यो हुनु पर्यो भनेर किटानसाथ भन्न सक्दैनौ अनि बौद्धिक बिलासिकोलागि सोलोडोलो व्याख्या गर्छौ ।यस्तो प्रवृत्तिले शैक्षिक क्षेत्रमा खासै फड्को मार्न सक्दैनौ । तत्कालीन सोभियत संघले सन १९६० को दशकमा अन्तरीक्षमा सफलता मारे पछि तत्कालीन समयमा बिश्वको राज गरेर बसेको अमेरिकाको लागि टाउको दुखाइको बिषय बन्यो । किन सोभियत सघ भन्दा हामी पछि पर्यौ भनेर देशका बुद्धिजिबी र बौद्धिक बर्गसंग अमेरिकी सरकारले बहसको आयोजना गर्यो अन्तिममा सबैको निश्कर्ष शिक्षा नीतिमा नै आमूल परिवर्तन गर्नु पर्छ भन्ने निस्क्यो ।जुन निश्कर्षलाइ आत्मसाथ गर्दा सन् १९७० को दशकमा अन्तरिक्षमा पाइला टेक्न सफल भयो ।

यहाँ हामीले बुझ्नु पर्ने कुरा के छ भने, देशको आमूल परिवर्तन गर्नु छ भने त्यसको जरो मानिएको शिक्षा आधारभुत रुपमा नै बदल्नु पर्छ । कुनै लहैलहै, देखासिखी , रोमान्समा भन्दा मागका आधरमा अबको शिक्षा प्रणालीको चयन गर्नुपर्छ । व्यापक खोज र अनुसन्धान गरेर वास्तविक कुरा पत्ता लगाइ हामी हाम्रो धरातलमा टेक्नु पर्छ । यसो हुन नसक्दा हाम्रोमा शिक्षामा जे गरिन्छ अरुको कपि गर्न खोजिन्छ । कुनै देशको नमुना हेरेर शिक्षा नीति तथा कार्यक्रम छनोट गरिन्छ । यो नै हाम्रो शिक्षामा देखिएको गम्भीर भुल वा त्रुटि हो । यसको निरन्तरता अहिलेसम्म हुनुचाहिँ अर्को बिडम्बना हो । अबको हाम्रो शिक्षा कस्तो हुनुपर्छ ? शिक्षा बौद्धिकता वा जिबनका लागि ? के कुरा सिकेमा सहि ? के कुरा सिकेमा गलत ? कस्तो ब्यक्ती बनाउने ? राज्य कस्तो बनाउने ? शिक्षाले के गर्नु पर्छ ? शिक्षाको व्यापक परिभाषा हो कि सँकुचित भित्र अट्ने रुपुर्बी शिक्षा कि पश्चिमी ? मान्छे ठूलो बनाउने कि असल ? गुणस्तर भनेको कस्तोरु सीप दिने कि ज्ञान दिने ? कति समय कसका लागि ?

राज्य निर्माणको हाम्रो आइडोलोजी के होरुशिक्षाको सरचना यहि हो कि फरक ? यस्ता यावत प्रश्नहरुमाथी बहस गरेर निचोड ननिकाली खुद्रे र कनिके बहसले हामी जति उफ्रे पनि हुने यहि हो, गरिने यहि हो । यहाँ प्रश्न जति उठान गर्न पनि सकिन्छ, परिकल्पना गरेर बोल्न सकिन्छ । प्रश्न प्रश्नैका लागि मात्र हो त ? समाधान गर्न हामी सक्दैनौ ? बहस र चर्चा गरेर मात्र हुन्न त्यसको लागि हामिले बिकल्प दिन सक्नु पर्छ।बिकल्प अनेक हुन सक्छ्न सहि बिकल्प छ्नोट गर्न सकियो भने हामी शैक्षिक सुधारमा सहि ट्र्याकमा हिड्न सक्छौ । त्यसको लागि सम्बन्धित पक्ष र सरोकारवाला निकायले खाका प्रस्तुत गरि आम रुपमा बहस गरि निचोड निकाल्नु पर्छ। यस्तो हुन सकेमा मात्र हामिले खोजेको र रोजेको शिक्षा पाउन सक्छौ।होइन भने भत्ता र सत्तामा रमाउने तप्काले जति कुरा गरे पनि समाज र शिक्षा बुझ्न् सक्दैनन।उनिहरुले ल्याउने शिक्षा नीति, नियम ,कानुन भनेको उहीँ बिदेशी थोपारिएको मोडेल नै हो । त्यसो गर्दा टन्टा पनि लिनु परेन, खट्नु परेन कुरै खतम । उनिहरु यस्तै कर्म र प्रक्रियामा बिलिप्त छ्न । अब आउने भनेको शिक्षा ऐन तथा नियावलीमा हुने परिवर्तन भनेको त्यही शब्द संजाल हो । खासै तान्त्रिक परिवर्तन आउँछ भन्ने कुरामा बिश्वास गर्न सकिन्न । त्यसैले अब कुरा होइन काम गर्नु परेको छ । शिक्षामा आमूल परिवर्तनको लागि सचेत बर्गले बेलैमा हस्तक्षेप नगरे प्रगती होइन उदो गती तिर धकेलिन्छौ ।

लेखक पेशाले शिक्षक हुन् । प्रतिक्रियाकालागि: rajkumardhakal1988@gmail.com