Wednesday, September 23, 2026
Home समाचार आज जेनजी आन्दोलनको प्रतिवेदन बुझाइने

आज जेनजी आन्दोलनको प्रतिवेदन बुझाइने

9

काठमाडौं । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले भदौ २३ र २४ भएको जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाइने भएको छ। आइतबार बिहान ११ बजे प्रतिवेदन बुझाउन लागेको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए। उक्त आयोगको समयावधि पनि आइतबार नै सकिँदैछ। जेनजी आन्दोलनको छानबिन गर्नका लागि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदले असोज ५ गते उक्त आयोग गठन गर्ने निर्णय गरेको थियो।

तर त्यसयता उक्त आयोगले जाँचबुझ सकाएको थिएन। यो प्रतिवेदन चुनाव अगावै सार्वजनिक गर्न जेनजी प्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले माग गर्दै आएका थिए। काम नसकिएको बताउँदै आयोगलाई फागुन २४ गतेसम्मका लागि म्याद दिइएको थियो। प्रधानमन्त्री कार्कीले पनि यो आयोगको प्रतिवेदन बुझेलगत्तै कार्यान्वयनमा लग्ने बताउँदै आएका छन्।