Thursday, September 24, 2026
Home अर्थ आज पनि सुनको मूल्यमा गिरावट

आज पनि सुनको मूल्यमा गिरावट

158

असोज १०,
काठमाडौं । केहि दिन अघिसम्म लगातार बढिरहेको सुनको मूल्य आज शुक्रबार पनि घटेको छ। बिहीबार छापावाल सुन तोलामा एक हजार रुपैयाँ घटेको शुक्रबार २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८६० रुपैयाँमा झरेको छ। बिहीबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला सुन ७० हजार ७०० रुपैयाँ रहेको थियो। चाँदी भने ८६५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ।