राजेश र करिश्मा अभिनित ‘यादको लहरहरू’ सार्वजनिक

98

पुस १५
काठमाडौं : पछिल्लो समय नेपाली चलचित्रमा कलाकार म्युजिक भिडियोमा देखिन थालेका छन्। महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर पनि म्युजिक भिडियोमा देखिएका छन्।

डा.प्रकाश पौडेलको नयाँ गीत सार्वजनिक भएको गीतमा उनीहरू एकैसाथ देखिएका हुन्। ‘यादका लहरहरू’ नामको गीतमा शब्द डा. पौडेलको रहेको छ भने स्वर / संगीत राज सागरको रहेको छ।

गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतमा हरि हुमागाईंको निर्देशन रहेको छ। गीतको दृश्य भने उत्तम हुमागाईंले खिचेका हुन्। गीतको सम्पादन प्रवीन श्रेष्ठले गरेका हुन्। केही महिनाअघि अन्जु पन्तले महिला स्वर दिएको गीतमा एक महिनापश्चात् पुरुष भर्सन बजारमा ल्याइएको डा. पौडेलले जानकारी दिए।