Monday, September 21, 2026
Home राजनीति चीन पथमा हिडेर नेकपा सरकारले संघीयता र लोकतन्त्र सिध्याउन खोज्यो

चीन पथमा हिडेर नेकपा सरकारले संघीयता र लोकतन्त्र सिध्याउन खोज्यो

157

असोज ६,
जनकपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार संघीयता र लोकतन्त्र विरोधी रहेको बताएका छन् । सोमबार धनुषाको नगराईन नगरपालिकामा आयोजित कार्यक्रममा उपसभापति निधिले सरकार सङ्घियता र लोकतन्त्र सिध्याउने षडयन्त्रमा लागेको आरोप लगाएका हुन् । चीनको पथमा हिडेको आरोप लगाउदै उनले नेकपा नेपालबाट संघीयता, लोकतन्त्र र संसदीय व्यवस्था अन्त्य गर्ने खेलमा लागेको बताए । दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत आयोजित आमसभामा उपसभापति निधिले भने ‘संघीयता र लोकतन्त्र सिध्याउने खेल अनुसार नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको पथमा किन हिँड्न थाल्यो ।’

चीनमा लोकतन्त्र, संसदीय व्यवस्था र संघीयताको नरहेको उनले बताए । ‘नेपालका कम्युनिस्ट आफू प्रशिक्षित हुन कम्युनिस्ट पार्टी अफ चाइनाको विचार आयात गर्दैछन्, नेकपाका नेताहरुलाई प्रशिक्षण दिन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आउँदैछन्, यो सब के हो ?,’ उनले प्रश्न गरे ।
उनले संघीयता र संविधानमाथि अरु कोही भन्दा पनि नेकपा सरकारबाटै खतरा रहेको आरोप लगाए ।