पुरुषले ट्याक्सी चढ्न नपाउने

136

असोज ६,
दक्षिण कोरियाको राजधानी सिओलमा महिलाका लागि मात्रै भनेर ट्याक्सी सेवा सुरु हुने भएको छ । सिओलमा यो सेवा यही महिनाबाट सुरु हुने अधिकारीले जनाएका छन् । यसका लागि सिओल महानगरले फेब्रुअरी १ मा टागो सोलुसन्स नामक संस्थालाई व्यापारिक चालक अनुमतिपत्र जारी गरेको थियो । ५० भन्दा धेरै कम्पनी आबद्ध रहेको यो संस्थासँग ४५०० ट्याक्सी छ ।

यो संस्थाले तीन महिनाका लागि वायगो लेडी नामक परीक्षण योजना ल्याउने जनाएको छ । वायगो लेडी नामक ट्याक्सीमा महिला चालक मात्र रहने छन् । यो ट्याक्सीमा माध्यमिक तह मुनिका बच्चा र महिलाबाहेक अन्यलाई चढाउन नपाइने योजना रहेको टागोले जनाएको छ । सबाहेक पुरुषलाई वायगो लेडी ट्याक्सीमा पुरुषलाई चढाउन नपाइने नियम छ । सुरुमा २० वटा ट्याक्सीबाट शुरु गरिने योजना अन्तर्गत अर्को वर्षबाट ५ सय वटासम्म ट्याक्सी सडकमा गुडाइने जनाइएको छ । यद्यपि टागो ट्याक्सीको भाडा अन्य ट्याक्सीको भन्दा २ हजार वन धरै पर्नेछ ।