Thursday, October 1, 2026
Home अर्थ श्री एयरलाइन्सको जहाजमा ज्येष्ठ नागरिकले छुट पाउने

श्री एयरलाइन्सको जहाजमा ज्येष्ठ नागरिकले छुट पाउने

135

असोज ६,
काठमाडौं । श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई दसैंतिहार तथा छठका अवसरमा आन्तरिक उडानमा छुट दिने भएको छ। ७५ वर्ष पुगेका बृद्धबृद्धालाई घटनास्थापनादेखि लागू हुनेगरी कम्पनीले हवाई भाडामा ५० प्रतिशत छुट (इन्धन र ट्याक्सबाहेक) दिइने जनाएको छ।

त्यस्तै ८५ वर्ष उमेर पुगेका बृद्धबृद्धाले भने ५ सय रुपैयाँ तिरेर बाँकी हवाई भाडा तथा इन्धन उपशिर्षकको शुल्क छुट पाउने कम्पनीले जनाएको छ।
यसका लागि ज्येष्ठ नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ। बिक्री काउन्टर वा एयरलाइन्सको एप वा वेबसाइट टिकट लिएकाले यो सुविधा पाउने छन्। एउटा अधिकतम दुई जनालाई मात्रै यो छुट दिइने कम्पनीले जनाएको छ।