Saturday, September 26, 2026
Home अर्थ अर्थमन्त्रीमा खतिवडाः आज राजीनमा, भोलि पुनःनियुक्ति

अर्थमन्त्रीमा खतिवडाः आज राजीनमा, भोलि पुनःनियुक्ति

88

फागुन २०,
काठमाडौं । राष्ट्रियसभा सदस्यमध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि आज मंगलबार सकिँदैछ । गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि मंगलबारबाट सकिन लागेको हो ।आफ्नो कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा। युवराज खतिवडाले मंगलबारै राजीनामा दिने तयारी गरेका छन् । तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ । त्यसका लागि खतिवडाले मंगलबार राजीनामा गर्ने र भोलि ६ महिनाका लागि अर्थमन्त्री पुनःनियुक्त गर्ने तयारी छ ।

सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
प्रधानमन्त्री केपी ओलीको चाहानाविपरित नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले खतिवडालाई थप ६ महिनाका लागि मन्त्रीमा पुनःनियुक्ति गर्ने र गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि सिफारिस गरेको बुझिएको छ । -ratopati