गजल : दशैं आयो

338

-यमुना पराजुली अधिकारी
दशैं आयो मेरि आमा मुलबाटोमा कुर्छिन होला !!
तीजमा पनि आइन भन्दै अर्धमुर्छित हुन्छिन होला !
सातै डाडा काटी छोरी कहाँ गइ भन्दै भन्दै !!
अविरल आशु धारा झार्दै आमा रुन्छिन होला ।
निद न आइ ओल्लो छेउ र पल्लो छेउ खाटमा गर्दा
आँसु आउला अलिअली पच्छ्यौरीले पुस्छिन होला !
मुटु भरी माया बोकि सम्झना त्यो आउदा मेरो !
दैलो माथी झुन्डिएको मेरै तस्वीर छुन्छिन होला !!
दशै आयो मेरि आमा मुलबाटोमा कुर्छिन होला !
तीजमा पनि आइनन भन्दै अर्धमुर्छित हुन्छिन होला !!