गजल

207

-सरू बस्नेत
तिमी भुल्न खोज्छौ तर म सम्झिरहेछु
दिनरात भुली यादमा तिम्रो तड्पिरहेछु

बिर्सन भन्छौ जहिल्यै म बिर्सु कसरी
मुटुमा तिम्रै नाम र तस्वीर राखिरहेछु

यति साह्रो पीडा किन दियौ निष्ठुरीले
सुकेनन् यी नयन अश्रु जहर पिइरहेछु

बाँच्न दिएन मलाई मायाले घात गर्यो
पीडा कम गराउन म मृत्यु खोजिरहेछु

यसै बरू मारेर गएको भए हुन्थ्यो प्रिय
बुझेनौ यता कति तड्पाइमा बाँचिरहेछु।

-निजगढ बारा