Thursday, October 1, 2026
Home राजनीति प्रधानमन्त्रीले आज दुवै सदनलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज दुवै सदनलाई सम्बोधन गर्ने

104
फाइल तस्बिर

असोज २
काठमाडौं । सम्माननीय प्रधानमन्त्री ज्यूले आज दुबै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई २ः३० बजे सम्बोधन गर्नेछन् भने राष्ट्रिय सभालाई त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संघीय संसदको चौथो तथा बजेट अधिवेशन आज बिहीबारदेखि अन्त्य हुने भएकाले आज दुबै सदनलाई सम्बोधन गर्न लाग्नु भएको हो ।

प्रतिनिधि सभाको वैठक आज ११ बजे बस्दैछ भने राष्ट्रिय सभा ३ बजे बस्ने तय भएको छ। हाल रहेको अधिवेशन बजेट अधिवेशन हो। यो अधिवेशनबाट बजेट पास भएको छ।