प्रधानमन्त्री ओलीको अर्को कविता: बन्छ नमूना नेपाल

275

-केपी शर्मा ओली

स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिँदैन प्रवास
अब गर्ने देश विकास ।

खेर जान्नन् नदीनाला
बाँझा हुन्न् खेत
नाङ्गा हुन्न् डाँडापाखा
यो उर्वर सुन्दर देश ।

चट्टान काटी सुरुङ खोली
बन्छन् नयाँ बाटा
सुशासन र विकासको
चल्छन् अभियान साझा ।

बालबालिका विद्यालय
सफल अस्पताल
सबलाई सामाजिक सुरक्षा
बन्छ नमूना नेपाल ।

२०, वैशाख २०७७