नेमकिपाको राजनीतिः पार्टीमा ४५ वर्षदेखी बिजुक्छेको एकाधिकार

126

असोज २,
भक्तपुर । नेपालको कम्युनिष्ट आन्दोलनमा एक महत्पूर्ण स्थान बनाएको नेपाल मजदुर किसान पार्टी स्थापना भएको करिब ४५ वर्ष भएको छ । यो पार्टी वि.स २०३१ साल माघमा स्थापना भएको हो । पार्टीले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग विचारधारालाई राजनीतिक सिद्धान्त मान्दै आएको छ । देशमा भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण रुपमा यो पार्टी सक्रिय रहदैं आएको छ । २०३७ साल जेठ १० गते सम्पन्न भएको जनमत संग्रहलाई निष्पक्ष र धाँधलीरहित बनाउन पाँच पूर्वाधारहरू अगाडि सारी ०३६ भदौ २४ गते भएको आन्दोलनमा पनि यो पार्टी सरिक थियो ।

संसदमा नेमकिपा
वि.सं. २०४८को आम निर्वाचन, २०५१को मध्यावधि र २०५६, २०६४को संविधान सभा, २०७० र २०७४ सम्म नेमकिपा लगातार संसदमा प्रतिनिधीत्व गर्दै आएको छ ।
२०४८ सालदेखि ०७०सम्म लगातार निर्वाचन जित्ने नेताहरु मध्य मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे एक हुन् । २०५१ सालको संसदीय चुनावमा नेमकिपाले चार स्थानमा जितेको थियो । २०६४ सालको संविधानसभा चुनावमा नेककिपाले प्रत्यक्षमा २ सिट र समानुपातिकमा तीन सिट जित्यो । २०७० सालको संविधानसभा चुनावमा भने नेमकिपाले प्रत्यक्षमा एक सिट मात्र जित्यो । प्रत्यक्ष एक र समानुपातिक तीन सिट गरी नेमकिपा चार सांसद सहित संसदमा प्रतिनिधित्व गरेका थिए ।
पछिल्लो समय नेमकिपालाई एक जिल्लामा मात्रै राजनीति गर्ने पार्टी भनेर आलोचना गर्ने गरिन्छ । २०७४ सालमा सम्पन्न प्रदेश र स्थानीय निर्वाचनमा
३ नम्बर प्रदेशमा प्रत्यक्ष तर्फ एक र समानुपाति तर्फ एक गरेर दुई सिट र स्थानीय तह अन्तरगत भक्तपुर नगरपालिकको सम्पूर्ण १० वडामा एकलौटी जित हासिल गरेको छ ।
हाल संघीय संसदमा प्रेम सुवाल, ३ नम्बर प्रदेश संसदमा सुरेन्द्रराज गोसाई र सिर्जना सैंजुले नेमकिपाको तर्फबाट प्रतिनीधित्व गर्दै आएका छन् ।
अध्यक्षमा नारायणमान एकछत्र राज हुदाँ, सचिवमा कहिले प्रेम सुवाल त कहिले सुनिल प्रजापतिले पालो हुने गरेको छ । पार्टीको संसद वा स्थानीय तहको नेतृत्वमा २०६४ सालमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट बिजुक्छे, २ बाट सुनिल प्रजापति सभासद भए । समानुपातीकबाट प्रेम सुवाल, डिल्ली काफ्ले र लिला न्याईच्याई सभासद भइन् ।

बिजुक्छेको त्यो त्याग
२०७४ सालको मंसिरमा सम्पन्न संघीय संसदको निर्वाचनमा २०४८ सालदेखि लगातर निर्वाचन जित्दै आएका नेपकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएन् । उक्त क्षेत्रबाट पार्टीबाट वर्तमान सचिव प्रेम सुवालले उम्मेदवारी दिए । सुवाल बिजयी पनि भए । अन्यपार्टीका नेताहरु कुर्सी र पद मोहमा परेर टिकटको लागि मरिहत्ते गरिरहेको त्यो समयमा एकाएक उनको त्यो त्यागले धेरैलाई आश्र्चय चकित बनायो । नेपालको कम्युनिष्ट आन्दोलनमा बिजुक्छे एक त्यागी नेताको रुपमा रहे । पटक– पटक संसद भएका उनले न आफुले मन्त्री पदनै लिए नत आफ्नो पार्टीबाट कसैलाई पनि प्रतिनिधीत्व गराएनन् । सरकारमा नगएर पनि जनताको सेवा गर्न सकिन्छ भन्ने नेमकिपाको पार्टीको धारण सार्वजनिक गर्दै आईरहेको छ ।
समाजवादी गणतन्त्र नआएसम्म मुलुक र जनताको हित नहुने पार्टीले विभिन्न कार्यक्रम गर्दै आएको देखिन्छ ।

४५ वर्षको बिरासत छोड्लान त बिजुक्छेले ?
वि.सं. १९९६ साल फागुन २६ गते भक्तपुरमा जन्मीएका बिजुक्छे १५ वर्षको उमेरदेखी हालसम्म राजनीतिमा सक्रिय छन् । वि.सं. २०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका बिजुक्छे तत्कालीन पुर्वी पाकिस्तान (बङ्लादेश)माथि भारतको हस्तक्षेप र अरू सैद्धान्तिक कुरामा पुष्पलालसँग मतभेद भएपछि सो समुह छोडेका थिए । २०३१ सालमा पुष्पलाल समूहबाट अलग भई बिजुक्छेले २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गरी सोही दिनदेखि पार्टीका अध्यक्ष रही आएका छन् । पञ्चायती व्यवस्था विरुद्ध संघर्ष गर्दा उनले करिब १० वर्ष उच्च भूमिगत जीवन बिताए थिए । पार्टीको २०४७ साल पुस २८, २९ र ३० गते भैरहवा सम्पन्न प्रथम सम्मेलनदेखि २०७० साल चैत २१, २२, २३ र २४ गते काठमाडौंमा सम्पन्न छैठौं महाधिवेशनसम्म पार्टीको अध्यक्षमा सर्वसहमत रुपमा नारायणमान बिजुक्छे चुनिदैं आएका छन् ।

यहिँ असोज ३, ४ र ५ गते भक्तपुरमा हुन गईरहको नेमकिपाको सातौं महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ वा बिजुक्छेले नै अध्यक्ष जिम्मेवारी पाउँछन भन्ने चासो नेपालमा मात्र नभएर अन्य देशमा समेत देखिन्छ । भक्तपुरका सक्रिय राजनीतिक दल, केन्द्रीयस्तरका नेताहरु समेत बिजुक्छेले नेतृत्व हस्तान्तरण गर्न सक्ने अड्कल गरिरहेका छन् । यदि बिजुक्छेले पार्टीमा पछिल्लो पुस्तालाई नेतृत्व दिए भने वर्तमान सचिव प्रेम सुवाल वा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति मध्य एकले पार्टीको नेतृत्व पाउन सक्छन् । सुनिल प्रजापति, डिल्ली प्रसाद काफ्ले, अनुराधा थापा मगर, लिला न्याइच्याई पार्टीका नेतृत्व पक्तिमा रहेर सांसद समेत भई सकेका नेता हुन् । पछिल्लो पुस्तामा रबिन्द्र ज्याख्वा, निरज लवजु, सिर्जना सैजु, सुरेन्द्रराज गोसाई, सरोजराज गोसाईलगायतका युवापुस्ता पार्टीको भातृ संगठन र केन्द्रीय कमिटिमा छन् ।
हाल अध्यक्षमा बिजुक्छे, सचिवमा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति कोषाध्यक्षलगायत ३१ सदस्य वर्तमान केन्द्रीय कमिटि रहेको पार्टीले जानकारी दिएको छ ।

भक्तपुरका नेकपा, नेपाली कांग्रेस, राप्रपालगायतका दलहरुले मुख्य चासोको रुपमा यो पार्टीको महाधिवेशनलाई हेरका छन् । अगामी मंसिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र १ (क) (चाँगुनारायण र भनपा १० मात्र) को निर्वाचनमा नेमकिपाको महाधिवेशनबाट आउने नेतृत्वले फरक हुने उनीहरुको बुझाई छ । असोज ५ गते सम्पन्न हुने नेमकिपाको बन्दसत्रले नै पार्टीको अगामी नेतृत्व, कार्यदिशा र रणनीति तय गर्ने छ । उक्त महाधिवेशनमा ४८ जिल्लाबाट प्रतिनिधीहरु सहभागीहुने नेमकिपाले जनाएको छ ।