Sunday, September 27, 2026
Home समाज यस्तो सपना देख्नु भो भने तपाइँको भाग्य चम्किनेछ

यस्तो सपना देख्नु भो भने तपाइँको भाग्य चम्किनेछ

464

सपना । प्रत्येक व्यक्तिको जीवनमा राम्रो र नराम्रो दुवै समय आउँछ। भनिन्छ, व्यक्तिलाई उसको कर्मको आधारमा फल प्राप्त हुन्छ। यदि तपाइँले राम्रो काम गर्नु भएको छ भने त्यसको परिणाम पनि राम्रोपाउन सकिन्छ। जीवनमा जेसुकै पनि निश्चित उद्देश्य प्राप्तिकालागि गरिन्छ । त्यसकारण त्यसको फल प्राप्त हुनु अगाडि केही संकेत पनि देखिन्छन्। यस्ता संकेतले हामीले शुभ र अशुभका विषयमा बताउँछन्। आज हामी तपाइँलाई त्यस्ता संकेतका विषयम जानकारी दिन गइरहेका छौं।

यदि तपाइँ विहानै उठ्ने वित्तिकै तपाइँको अनुहारमा चमक देखियो भने त्यसलाई शुभ संकेत मानिन्छ। किनभने हरेक राम्रो काममा मन प्रशन्न हुन्छ। र यसको असर सबैभन्दा पहिला अनुहारमा देखिन्छ। यदि तपाइँको घरमा कुनै जनावरले आँपको कोया छोड्यो भने त्यो निकै राम्रो मानिन्छ। के पनि भनिन्छ भने, यदि बाँदर र बिरालोले आँपको कोया तपाइँको घरमा ल्याएर छोड्यो भने झन शुभ मानिन्छ। र यसले घरमा खुशियाली आउँछ। यदि तपाइँले पाउने पैसा तपाइँलाई दिने व्यक्तिले अचानक दिएर गयो भने त्यो निकै शुभ मानिन्छ। त्यसको भएको खण्डमा लक्ष्मी माता खुशी भएर तपाइँलाई आर्शीवाद दिएको मानिन्छ।

यदि तपाइँले सपनामा भवगान शंकर, विष्णु, लाटोकोसेरो, सूर्योदय र निधारमा टिका लगाएको र कुनै राजालाई सपनामा देख्नु भयो भने निकै राम्रो मानिन्छ। किन भने यी व्यक्तिले जीवनमा सुख शान्ति ल्याउँछन्। यदि तपाइँको झुकाव अचानक अध्यात्मतिर जान लाग्यो र तपाइँको भवानप्रति श्रद्धा बढ्यो भने तपाइँले चाँडै राम्रो समाचार सुन्न पाउनुहुन्छ। यदि तपाइँले विहानै दूध वा दूधबाट निर्मिट परिकार देख्नु भयो भने र खानु भयो भने तपाइँको घरमा सम्पन्नता आउने छ।

यदि कुनै व्यक्तिले तीन चार पटक सपनामा सुनौलरंगको सर्प देख्यो भने त्यो निकै शुभ मानिन्छ।यस्तोमा व्यक्तिलाई धन लाभ हुन्छ। र काममा पनि सफलता मिल्छ। विहानै घरबाट निस्किँदा नजिकै उखु देखियो राम्रो मानिन्छ। त्यसले तपाइँको जीवनमा उखुको रसजस्तै मिठास आउँछ भने अचानक धन प्राप्त हुन्छ।