२२ छोराछोरीको आमा भएपछि विवाह

328

काठमाडौं । बाहिरबाट हँसिलो र सुखी देखिने जीवनका यर्थाथ कथा पनि दुखद् र रहस्यात्मक तथा सुन्दै अचम्मलाग्दा हुन्छन् । यसको एक उदाहरण हुन् ,दुर्गादेवी मैनाली । सरसर्ती बाहिरबाट हेर्दा जीवन जति सरल छ , बुझदै जाँदा त्यति नै कठिन पनि । जीवनलाई बाहिरबाट सरसर्ती हेर्नु र गहिराईमा भित्री तहले बुझ्नु दुई फरक कुरा हन् ।
२०२६ सालमा झापा महारानीझोडा–३ मा जन्मिएकी दुर्गादेबीको १० बर्ष यो संसार कस्तो होला भन्ने कल्पनामै बित्यो ,जब १० बर्षको उमेरमा आँखा देख्न थालिन् तब मात्र उनले पढ्न थालिन्,जीवन यात्राका क्रममा परिवारसाथ बसाईं सरेर तेह«थुम पुगेकी उनले त्यहीबाट एसएलसी सकिन् र २०४८ सालमा उच्च शिक्षा पढ्न काठमाडौं आएर पद्यकन्या क्याम्पसमा भर्ना भईन् । त्यसपछि दैनिकीमा उनले भोगेका कष्टहरु निकै दर्दानाक छन् ।
कतिपयले भन्छन्,दुख देख्दा दैव पनि परपर भाग्छन् तर दुर्गादेवी बालबालिकाको दुख र पींडामा नजिकिन्छिन् । गल्लीमा फालिएका र बेसहारा बनेर अभाबमा तड्पिएका बालबालिकालाई ल्याई हुर्काउछिन, बढाउछिन् र पढाउँछिन् ।
दुर्गादेबी यतिबेला ब्यक्तिमा सीमित छैनन् ,उनी एक संस्था बनेकी छिन्,बुद्घिष्ट बालगृह जोरपाटी उनको मेहनतको प्रतिफल हो । जीवनको दौरानमा दुखी र बेसहारा ६० भन्दा बढी छोराछोरीकी आमा बनेकी दुर्गादेबी समाजकै एक प्रेरणादायी पात्र हुन् ।राज्यले गर्नुपर्ने काम उनले गरेकी छिन् ।
दुर्गादेवीको जीवन पनि जन्मदै दृष्टिबिहीन भएर सुरु भयो ,बल्ल १० बर्ष पछि मात्र उनले मावली हजुरआमाको अथक प्रयास र चिकित्सकको सफल उपचार पछि यो संसारलाई पहिलो पटक देख्न पाईन् ।
कलेज पढ्ने क्रममा उनले आत्मनिर्भर हुने ईच्छा र बाध्यताका कारण स्वीटर र मैनबत्ती बन्ने सीप सिकिन् ,त्यही क्रममा योग्यताको प्रमाणपत्र राखेर १० हजार रुपैयाँ क्रण लिईन् र थालिन् त्यही पैसाले सानोतिनो ब्यबसाय गर्न ।
ब्यबसाय गर्ने क्रममा एक दिन असनको एउटा पसलमा १५ किलो मैनबत्ती अर्डर गरेर निकस्ने क्रममा नजिकै ठूलो भिड देखिन् ।त्यो भिडतर्फ उनी पनि के भएछ भनेर गईन् ।त्यहाँ कसैले १५,१६ महिनाको एक बालिका फ्यालेर रोईरहेका कारण हेर्नेको भिड लागेको रहेछ ।
बच्चा फ्यालेको देखेर यस्तो सानो बच्चा फ्याल्न सक्ने कस्ति निर्दयी आमा रहिछ भन्दै धेरैले बच्चा फ्याल्ने आमालाई गाली त गरे तर कसैले पनि त्यो बच्चाको रुवाईमा मलम लाउने काम गरेनन् ।त्यही बच्चाको रुवाई र मान्छेको भीड माझ दुर्गादेबीलाई एक्कासी त्यो बच्चाको रुवाईले छोयो र उनले त्यसलाई फोहोरबाट टिपीन् ।
नभन्दै उनले त्यही बालिकालाई हुर्काएर सुरु गरेको अभियानले आज मूर्त रुप पाएको छ । उनले हालसम्म ६० जना बालबालिकालाई साझा घर दिलाएकी छिन् जहाँ निर्धक्कसँग उनीहरु दुर्गादेबीकै अभिभाकत्वमा हुर्किएका ,बढेका र पढ्न पाएका छन् ।असहाय बालबालिका खोज्दै र बटुल्दै जाँदा १४ जना पुगे पछि उनले २०५४ सालमा संस्था दर्ता गरी संस्थागत रुपमै यो काम सुरु गरिन् ।
आत्म निर्भरमुखी अभियान अन्तर्गत दुर्गादेबीले २३ बर्ष अघि सुरु गरेको अचार बनाउने,मखमली जुत्ता र झोला बनाउने कामलाई निरन्तरता दिंदै बिस्तार गरेकी छिन्।अहिले त उनको परिवार नै जुनुुसुकै काम अाँटे पनि गर्न समेत सक्षम भैसकेको छ ।
२०५७ सालमा २२ जना बालबालिकाको आमा भएपछि उनले उनका स्कुले जीवनका एक क्लासमेट रुद्र कङ्दम्बासंग विवहा गरिन् ।
त्यसो त उनीहरुको बिवाहको प्रमाण पत्र र मायाको दुत बनेर छोरी सलपा उदाएकी छिन् । तर पनि उनलाई अहिले पनि सबैभन्दा धेर माया असनमा फालिएको अबस्थामा भेटिएकी छोरीकै लाग्छ । सुन्दर मुहारकी उनी अहिले आफ्नै घर संसारमा रमेर बसेकी छिन् ।
उनकै नेतृत्वमा ०६४ सालमा ज्योति बहुउद्देश्यीक सहकारी संस्था समेत दर्ता भएर संचालन भैरहेको छ । हाल सहकारीमा काम गर्ने अधिकांश उनकै छोराछोरी छन् ।उनका छोराछारी स्नातक पढ्ने देखि विदेश जानेसम्म भएका छन् ।उनी धेरै ज्वाईं र बुहारीका सासु आमा समेत भएकी छिन् ।
यहि अभियानलाई आर्थिक रुपले मजबुद बनाउन उनले साथीभाईसँग सहयोग मागिन्,०५७ सालदेखि मासिक एक सय एक रुपैयाँ संकलन अभियान चलाईन् । हालसम्म पनि मासिक ५०० जनाले १०१ रुपैया दिईरहेका छन् ।