विवाह अनि वाइन तनावको औषधी !

235
Red wine pouring into wine glass, close-up

असोज १,
रोचक । शोधकर्ताहरूले औसत मात्रामा वाइन पिउने महिलाहरू वाइन नपिउने महिलाहरूभन्दा अधिक समय जीवित रहने निष्कर्ष निकालेका छन् । अमेरिकाको ओरेगन विश्वविद्यालयको मानव विकास तथा परिवार विज्ञान विभागका खोजकर्ताहरूले लगातार वाइन र धुम्रपान गर्नेहरूमा भने मृत्युको जोखिम बढी हुने तर औसत मात्रामा वाइन पिउनाले भने हृदयलगायत शरीरमा रोगहरू लाग्न नदिने निष्कर्ष उजागर गरेका हुन् ।

रक्सीले केही हृदयसम्बन्धी रोगहरू ठीक हुने कारणले बृद्ध अवस्थामा धेरै समयसम्म बाँच्न सकिने निष्कर्र्ष निकालेको हो । त्यस्तै जनरल अफ एजिङ रिसर्चको रिपोर्ट अनुसार जुन पुरुषहरू आपूmमा धेरै दबाब राख्ने र तनावग्रस्त हुने गर्छन् उनीहरूको मृत्यु हुन सम्भावना ५० प्रतिशतले बृद्धि भएर जान्छ । अनुसन्धानकर्ताहरूले यदि आपूmलाई तनावबाट टाढा राख्न चाहने हो भने सर्वप्रथम विवाह गर्नु र हरेक साँझ एक गिलास वाइन पिउने सल्लाह दिएका छन् ।