‘बटौली’मा हेर्नुहोस् विपिन कार्की र अनुको रोमान्स (भिडियो)

234

अशोज १,
काठमाडौं । लोकशैलीमा आधारित ‘बटौली’ बोलको गीतमा विपिन कार्की प्रेमीका रुपमा देखिएका छन् । गीतमा हर्क साउदले शब्द उनेका छन् भने मनिष ढकालको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा एसडी योगीको संगीत छ भने संयोजन रिकेश गुरुङको रहेको छ ।

गीतको भिडियोमा विपिनसँगै अनुप काफ्ले, सुमन मगर, मनिष ढकाल, हर्क साउद लगायतलाई देख्न सकिन्छ । बिहे गर्ने चाहेको एक युवकको कथा समेटिएको उक्त गीतलाई नविन चौहानले निर्देशन गरेका हुन् । त्यसैगरी गीतमा सुनिल पौडेलको सम्पादन र बबिन दुलालको छायांकन छ ।