काठमाडौंमा घुस लिँदालिँदै प्रहरी चौकी इन्चार्ज घुससहित पक्राउ

207
सांकेतिक तस्विर

असोज १
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै काठमाडौंमा एक प्रहरी चौकीका इन्चार्जलाई पक्राउ गरेको छ ।अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विपिनचन्द्र पन्तलाई ५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो ।