प्रियंका र निक सम्बन्धविच्छेदको खबर छाप्ने म्यागजिनमाथि मानहानीको मुद्धा लगाउने तयारीमा

313

चैत २०,एजेन्सी.
काठमाडौ मार्चको अन्तिम सातामा प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेदको खबर बाहिरेको थियो । एक अमेरिकी म्यागजिनले यो जोडी सम्बन्धविच्छेद गर्ने तयारीमा भएको दाबी गरेको थियो । यो खबर पछि प्रियंका र निकले म्यागजिनमाथि मानहानीको मुद्धा दायर गर्ने सोच बनाइरहेका छन् ।

कानूनी समूहले सम्हाल्नेः
इन्टरटेन्मेन्ट वेबसाइट बलिउड लाइफको खबर अनुसार प्रियंकाको कानूनी समहूले यो समाचार बनाउने टेब्लोइडसँग कुरा गर्ने र उनीहरुलाई आफ्नो खबरको खण्डन गर्न भन्नेछन् । यदि यस्तो नभए प्रियंका र निक कथित रुपमा ठूलो राशीको मानहानीको मुद्दा चलाउने योजनामा छन् ।

यस्तो थियो सम्बन्धविच्छेदको खबरः
रिपोर्टले सूत्रको हवाला दिँदै उनीहरु हरेक कुरामा झगडा गरिरहेको दाबी गरेको थियो । पत्रिकाले निकले प्रियंकाको कुरामा आएर विवाह गरेका थिए र अब उनले यसको मूल्य चुकाइरहेकोसमेत भनेको थियो । पत्रिकाले निकको परिवारले विवाह समाप्त गर्नका लागि अनुनय बिन्ति गरिरहेको पनि बताएको थियो ।

 

विवाह गरेको चार महिना नबित्दै प्रियंका र निकको सम्बन्धमा खटपट