बाँकेमा कांग्रेस कुट्नेलाई कारवाही हुन्छ

82

भदौ २७,
काठमाडौं । बाँकेको खजुरामा नेपाली कांग्रेसका नेता–कार्यकर्तामाथि कुटपिट गर्ने दोषीलाई कारवाही गरिने गृहमन्त्री रामबहादुर थापाले प्रतिवद्धता जनाएका छन् । साथै, यो घटनालाई लिएर कम्युनिष्टले कांग्रेसलाई पिटेको भन्ने अर्थमा फेसबुकबाट प्रचारबाजी गरेर चरित्र हत्या नगर्न गृहमन्त्रीले विपक्षीलाई आग्रह गरेका छन् ।

बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं। २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार कांग्रेसका नेता कार्यकर्ताहरु कुटिएका थिए ।