Wednesday, September 23, 2026
Home राजनीति सर्लाही-४ मा रास्वपाका सिंह विजयी, गगन थापा पराजित

सर्लाही-४ मा रास्वपाका सिंह विजयी, गगन थापा पराजित

5

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको क्षेत्र न. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए । सिंह र थापाबीचको मतान्तर १२ हजार ८५० रहेको छ । यसअघि यो क्षेत्रमा सिंह स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए । नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३ ल्याएका छन् ।