सहिद स्मृति प्रतिष्ठानको वि.पि. जयन्तीमा रक्तदान कार्यक्रम

250

भदौ २३, काठमाडौ-सहिद स्मृति प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानले नेपाली कांग्रेसका संस्थापक नेता , महामानव वि.पि. कोईरालाको १०६ औं जन्म जयन्ती र प्रतिष्ठानको ३३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेका हुन् । यस क्रममा चार दर्जन भन्दा बढीले रक्तदान गरेका छन् । प्रतिष्ठानले सहिद र लोकतान्त्रिक आन्दोलनका योद्धाहरु र आन्दोलनका घटनाक्रमको विवरण संकलन र प्रकाशन,लोकतान्त्रिक समाजबादको पक्षमा गोष्ठी सेमिनार र अभियान,समाज कल्याणका कार्यहरू,सहिदको सम्झनामा पार्क लगायतका कार्यहरु गर्दै आईरहेको प्रतिष्ठानका अध्यक्ष एवं कांग्रेस नेता खिलानाथ दाहालले जानकारी दिनु भयो ।