चीनको सिचुवानमा भूकम्प : एकको मृत्यु, २९ घाइते

92

एजेन्सी, भदौ २२,
छेन्दु । चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । स्थानीय समय अनुसार आइतबार बिहान ६।४२ बजे आएको उक्त भूकम्प ५।४ म्याग्नीच्युडको रहेको थियो ।

भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको र अरु २१५ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । –सिन्ह्वा