नेपाली खेलाडीको उत्कृष्ट ब्याटिङमा नेपालले बंगलादेशलाई दियो २६२ रनको लक्ष्य

190

भदौ २२,

काठमाडौं । एसिसी यु-१९ एसिया कपमा नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ। टस जितेको बंगलादेशले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २६१ रन जोड्यो। नेपालका लागि पवन सर्राफले ८१ रन जोडे। ओपनिङमा आएका उनले १११ बलमा ८ चौका र १ छक्का हिर्काए। अर्का ओपनर रित गौतमले ३२ रनको योगदान दिए। मोहमद आसिफ शेख भने ३ रनमै आउट भएका थिए। कुशल मल्लले ३२ बलमा २८ रन जोड्ने क्रममा १ चौका र ३ छक्क प्रहार गरे। कप्तान रोहितकुमार पौडेल १४ रनमै आउट भएका थिए।

मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। उनले ३७ बलमा ५६ रन जोड्ने क्रममा ३ चौका र ३ छक्का प्रहार गरे। भीम सार्कीले १९ बलमा २१ रनको योगदान दिए। रासिद खानले ६ रन र कमलसिंह ऐरीले नटआउट ९ रन जोडे। बलिङमा बंगलादेशका रकिबुल हसन र मोहमद एलोमले २(२ विकेट र मोहमज मृत्युन्जय, मिनहुजर रहमन र ‍ताहिद रिदोयले १/१ विकेट लिए।

यसअघि नेपाल सुरुवाती खेलमा आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। अन्तिम चारमा पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ।