शनिबार नगरकोटमा जे देखियो, फोटो र भिडियोमा हेरौं

799

दुई वर्षमा वाह  ! नगरकोट बनाउने चाँगुनारायण नगरपालिकाको योजना
भदौं २१,
नगरकोट । केही दिन अगाडी वन अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइएको नगरकोटमा शनिबार बिहान भिन्न दृश्य देखियो । मुख्य चोकमा मञ्च बनाएर सडकका वरपर दर्शकलाई बस्ने व्यवस्था गरिएको थियो । बाटो हिड्डे बटुवालाई त्यहाँ के हुदैं थियो भन्ने जानकार थिएन् । जब मञ्चमा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी तिम्सीना गएर कार्यक्रम बारे बोले तव सबैले थाहा पाए । नगरकोटमा पर्यटकिय बस पार्क बनाउने कार्यको शिल्यान्यास हुदैंछ । त्यसको केही समय कार्यक्रम सुरु भयो । काठमाडौँ उपत्यका विकास प्राधिकरणको एक करोडको लागतमा चाँगुनारायण नगरपालिकाको वडा नं. ६ नगरकोटमा पर्यटकीय वसपार्क निर्माणको हुन लागेको हो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नगरकोटको पर्यटकीय पूर्वाधारको विकाश गर्न सके भक्तपुरमात्र हैन सिङ्गो नेपाललाई नै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न ठूलो सहयोग हुने बताए । उनले नगरकोट विकास कुनै व्यक्ति, राजनीतिक दल, नगरापलिकालगायतका संघसंस्थाहरुकोमात्र चासोको विषय नभई आम भक्तपुर वासीको चासोको विषय हो, बस्नेतले भने । उनले घर, टहरा भत्काइएका नागरिकलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै टहरा भत्काइएको विषयलाई नै राजनीति गर्नुपर्ने कुनै पनि आवश्यकता नरहेको बताए ।

कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिकाले नगरकोटको पूर्वाधार विकाशकालागि काम गरिरहेको बताए । उनले आगामी दुई वर्षभित्र वाह नगरकोट बनाउन आफू लागि रहेको प्रष्ट पारे । मिश्रले बस पार्क, भ्यू टावर, शौचालयलगायतका पूर्वाधार तयार गर्दै पाहुनाहरुको बसाई लम्बाउने कुरा भइरहेको बताए । पर्यापर्यटनकालागि पद्मार्ग जडिबुटीखेती संचालन गरिएको समेत उनले जानकारी दिए ।

वडा नम्बर ६ का वडाध्यक्ष सन्ते वाइवाले घर, टहराको नाममा राजनीति गरेर जनतालाई नभड्काउन चेतावनी दिएका छन् । उनले आफु नगरकोटको विकाशका लागि सधै प्रयासरत भएकाले सबैको हित हुने र सम्रग नगरकोटको विकाश गर्ने कुरामा प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङ्ग, होमस्टे एशोसियनका केन्द्रीय सस्दय राजकुमार लामिछाने, डिभिजन वन सहायक अधिकृत रामकृष्णकेसीलगायतले वन र पर्यापर्यटनको विकाश गर्न सके सबै क्षेत्रलाई फाइदा पुग्ने बताएका छन् ।