तीनको मौसम कस्तो छ, हेरौं

98

फागुन ९,
काठमाडौं । देशका पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ | हाल देशभर पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको छ।

मौसमको अवस्था- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।

देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।

फागुन १० गते (शनिबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ |

फागुन ११ गते (आईतबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श